अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

वीराङ्गना’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७५ असार ४ गते १०:४६ मा प्रकाशित

यहि असार २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार साईराम पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरेको चलचित्रको ट्रेलरमा कलाकार अनुप बिक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी प्रसार्इ, प्रेम द्वन्द र एक्शनमा प्रस्तुत भएका छन्।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

सुमी चामलिङ राई सह निर्माता रहेका छन् । चलचित्रमा दिपक शर्माको संगीत र रघु परियारको शब्द, कृष्ण काफ्ले र रेश्मा पुनको स्वर ,सुरेन्द्र बसेलको कोरियोग्राफी र रामेश्वर कार्कीको छायांकन रहेको छ।

नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया