अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

सलमान खानको नयाँ फिल्म ‘रेस–३’ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्यो

बिआरटीनेपाल २०७५ असार २ गते १९:२९ मा प्रकाशित

शुक्रबार रिलिज भएको सलमान खानको नयाँ फिल्म ‘रेस–३’ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ।

फिल्मका बारेमा मिश्रितद प्रतिक्रिया मिले पनि बक्स अफिसमा भने ‘रेस–३’ प्रदर्शनको पहिलो दिन सबैभन्दा बढी कमाएर रेकर्ड राखेको हो।

२०१८ मा पदर्शनमा आएका बागी–२ ले २५.१० करोड कमाएको थियो भने ‘पद्मावत’ले १९ करोर्डको रेकर्ड राखेको थियो। । सलमान खान, बबी देवल, साकिब सलीम, अनिल कपूर, ज्याक्लीन फर्नांडीज, डेजी शाह आदि कलाकारको अभिनय रहेको रेस ३ ले पहिलो दिन नै २९.१७ करोड कमाएर नयाँ रेकर्ड राखेको हो। यो रेकर्डसँगै २०१८ मा ओपनिङकै दिनमा सबैभन्दा बढी कमाउन चलचित्र बन्न पुगेको छ।

रेमो डिसुजाद्वारा निर्देशित यो चलचित्र रेस र रेस–२ को सिक्वेलका रुपमा आएको छ। अघिल्ला दुई सिक्वेलमा सैफअलि खान प्रमुख भूमिकामा थिए भने रेस–३ मा पहिलोपटक सलमानले इन्ट्री मारेका हुन्।

प्रतिक्रिया