अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

प्रदेश चारको प्राथमिक्ता कृषि

बिआरटीनेपाल २०७५ असार २ गते ९:१९ मा प्रकाशित

प्रदेश नं ४ को सरकारले कृषि तर्फ  एक अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । 

प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा हिजो प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ कोे बजेट वक्तव्यमा सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणको माध्यमबाट प्रदेशलाई पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सो रकम बिनियोजन गर्नुभएको हो ।

उहाँका अनुसार उन्नत जातको बिउबिजन, मलखाद्य तथा सिँचाइको व्यवस्था तथा उन्नत खेती र उच्च मूल्यबालीको विकासमा जोड दिँदै बजेटले कृषिको माध्यमबाट मुलुकको समृद्धिमा जोड दिइएको छ ।

कृषकलाई व्यावसायिक कृषिमा आकर्षण गर्दै गरिबी निवारण र रोजगारी सिर्जनाका लागि स्थानीय तहमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका गर्ने उद्देश्यसहित रु १० करोड ८० लाख बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, युवालाई कृषि पेशाप्रति आकर्षित गर्न कृषिको व्यवसायिकरण र उद्यमशीलता विकासका माध्यमबाट स्वरोजगार अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने बताउँदै गुरुङले बाली, पशुपक्षी र मत्स्य व्यावसायिक मोडल फर्म सञ्चालन गर्न कार्यविधिका आधारमा वित्तीय उत्पे्ररणा कार्यक्रमका लागि रु ४० करोड बजेटको व्यवस्था गरिएको छ ।

मन्त्री गुरुङल कृषि उपजको संरक्षण र सुरक्षित भण्डारका लागि एक स्थानीय तह एक शीतभण्डार निर्माण कार्यक्रम सञ्चालन गर्नका लागि रु २६ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै कृषि उत्पादनलाई बजारको पहुँच विस्तारका लागि संकलन केन्द्र स्थापना गर्न रु १२ करोड ५० लाख रकम छुट्याइएकोछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू