अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

सो नपाउँदा ‘नेप्टे’का दर्शक निराश

बिआरटीनेपाल २०७५ जेठ २८ गते १६:३६ मा प्रकाशित

गत चैत्र ३० गते उपत्यकाका १६ हल र मोफसलका ५० हलबाट रिलिज गरिएको चलचित्र ‘नेप्टे’ आफ्नो रिलिजसँगै हलहरूमा सीमित सो का कारण आम दर्शकमाझ पुग्न नसकेको गुनासो चलचित्र निर्माता रोहित रुम्बाको रहेको छ ।

एकैदिन दुई चलचित्र रिलिज भएपपनि नेप्टेको दर्शक प्रतिक्रिया राम्रो हुँदाहुँदै पनि हलहरू तथा वितरकबाट सकारात्मक सहयोग नपाएको कुरा बिहीबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले बताएका छन् ।

उनी भन्छन, चलचित्र वितरक तथा सिनेमा हलहरूको यस प्रकारको सिन्डिकेट रहिरहने हो र सम्बन्धित निकायको ध्यानाकर्षण नहुने हो भने नेपाली चलचित्र उद्योगमा सीमित व्यक्तिहरूको मात्र हाली मुहाली रहिरने तथा नयाँ लगानीको वातावरण घट्दै जाने अवस्था नहाउला भन्न सकिन्न । 

प्रतिक्रिया