अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

नेपाली फिल्म जगतका महानायक राजेश हमालले मनाए ५४औ जन्मदिन

बिआरटीनेपाल २०७५ जेठ २८ गते ११:१९ मा प्रकाशित

नेपाली फिल्म जगतका महानायक राजेश हमाल ५४ वर्षमा लागेका छन । उनी २०२१ जेठ २७ गते मंगलवारका दिन पाल्पा सदरमुकाम तानसेनमा जन्मेका हुन । नायक हमालले २०४८ सालमा प्रर्दशनमा आएको फिल्म ‘युगदेखि युगसम्म’बाट नेपाली रजतपटमा भित्रिएका थिए ।

तिन दशक लामो फिल्मयात्रामा करिव दुईसयभन्दा बढि फिल्ममा अभिनय गरिसकेका नायांकनले आफ्नै स्वर्गीय मामा दिपक रायमाझीले निर्देशन गरेको फिल्मपछि आफनो फिल्मी जिवनमा कहिलै पछाडि फर्केर हेर्नुपरेन ।

‘अजम्वरि नाता’ ‘देउता’ ‘अल्लारे’ ‘हामी तीन भाई’ ‘पालेदाई’ ‘हामी तीन भाई’ जस्ता उनका सफल फिल्म मानिन्छन ।

बिद्धान नायकका रुपमापनि परिचित नायकले काँचको पर्दामा शहरियादेखि गाउँले जिवन जिवनसम्मको भूमिका निर्वाह गरिसकेका छन ।

नायक हमालको प्राथमिक शिक्षा मस्कोबाट भएको थियो भने कक्षा आठ सम्म काठमाण्डौमा रहेको सेन्ट जेभियर स्कुलबाट गरेका थिए । उच्च शिक्षा (एमए) भारतको पञ्जाब विश्वविद्यालयबाट गरेका थिय । सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा काठमाण्डौमा र्यापमा हिँडेर ग्ल्यामरको दुनियामा प्रवेश गरेका उनले औषतरुपले एक वर्षमा बाह्र जति फिल्ममा अभिनय गरेका थिए ।

एउटा पाकिस्तानी फिल्ममा समेत अभिनय गरिसकेका हमाललाई आफुअभिनित फिल्म मध्ये ‘देवता’ र ‘वसन्ती’ सवैभन्दा वढि मनपर्ने फिल्म हुन । राष्ट्रिय नागरिक गोल्डेन अवार्ड,राष्ट्रिय चलचित्र पुरुस्कार जस्ता पुरुस्कार तथा सम्मानित नायकको प्रेम जिवन पनि कम रोमान्चक छैन । करिश्मा मानन्धर,निरुता सिंहलगायत धेरै नायिकाहरुसंग नाम जोडिएका उनको ५० वर्षको उमेरमा मधु भट्राई संग सन् २०१४ मा विवाह वन्धनमा वाधियका हुन । केही वर्ष पछिबाट फिल्म निर्देशन गर्ने सोच बनाएका नायक हाल फिल्मी जिवनवाट टाढारहि श्रीमतीसंग विभिन्न देशको भ्रमणमा निस्कीरहेका हुन्छन । हमाल अभिनित पछिल्लो फिल्म ‘शकुन्तला’मा उनले महिलाको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया