अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 13:59

मन्त्री बिना मगरद्वारा राइ इज किङको गीत सार्वजनिक (भिडियो सहित)

राजु बोहरा, काठमाडौँ २०७५ जेठ २८ गते ७:४६ मा प्रकाशित

माननीय खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा राजेश पायल राई र गायिका बिमला मगरको “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोको विमोचन सम्पन्न भएको छ । मन्त्री बिना मगरले बिमोचन कार्यक्रममा बोल्दै सर्जकहरूलाई सफल कलाकारिताको लागि शुभकामना दिनु भएको छ । सार्वजनिक गीतमा प्रेम कृष्ण बजगाईंको शब्द सङ्गीतमा राजेश पायल राई र बिमला मगरको सुमधुर स्वर रहेको छ भने सङ्गीत संयोजन शिला बहादुर मोक्तानले भरेका छन् ।

भ्याली फिल्म एकेडेमीका अध्यक्ष भुपेन्द्र गुरुङको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङ, रबिन थापा मगर, चर्चित नाट्य नायिका नमिता घिसिङ, पूर्ण लिम्बु, आश्राम गुरुङ, गुणा गुरुङ, सबि लगायतका कलाकारहरूले सफल अभिनय हेर्न सकिन्छ । “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोलाई दुधकोशी मिडियाले डीके युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया