अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम, खेलकुद मन्त्रीले गरे सम्मान

बिआरटीनेपाल २०७५ जेठ २३ गते २०:०७ मा प्रकाशित

जेठ २४, काठमाडौँ । फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ । यसैबिच बुधवार राजधानीको लगनखेलस्थित आर्मी ग्राउण्डमा अशोक र गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले लाइभ प्रस्तुति दिए जहाँबाट सयौँको वाहि वाहि पाए ।
दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा प्रस्तुति दिन गएका अशोक र टङ्कलाई खेलकुद मन्त्री जगत् विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रशंसा समेत गरेका थिए । साथै उनले प्रस्तुति दिइसकेपछि अशोक र टङ्कलाई मायाको चिनो दिँदै सम्मान गरे ।

सातैं प्रदेशबाट आएका विभिन्न विद्यालयका खेलाडीहरूले अशोक जब गीत गाउँन थाले तब अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए । अशोकले गीतलाई ट्रयाकमा गाउनेक्रममा केही भुलहुन गएमा टङ्क सच्चाउँदै गाएका थिए । पहिलो स्टेज कार्यक्रम भएकोले पनि अशोकलाई ट्रयाकमा गाउन केही समस्या परेको देखिन्थ्यो । कार्यक्रम सकेपछि आर्टिष्ट खबरसँग कुरागर्दै टङ्कले अशोकको पहिलो स्टेज कार्यक्रमनै नेपाल सरकारको लागो भएको ब्याच लाएर गर्न पाउँदा निकै खुसी लागेको बताए ।

साथै उनको प्रतिभालाई खेलकुद मन्त्रीले नियाल्नुपनि ठुलो उपब्धि भएको उनको भनाई थियो । अशोकले सबैकुरा सोच्न सक्दैनन्, उनले तपाईँलाई कसले मायाको चिनो प्रदान गर्‍यो भन्दा प्रधानमन्त्रीले भनिरहेका थिए । अहिले अशोकका लागी स्टेज कार्यक्रमहरू बढ्नेक्रममा छन् । उनी केही दिनमा विदेशका केही देशहरूमा कार्यक्रमकै लागी जाँदै छन् ।

प्रतिक्रिया