अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ? – काँग्रेस नेता प्रदीप पौडेल

बिआरटीनेपाल २०७५ जेठ २३ गते १९:३५ मा प्रकाशित

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यक नभएको बताएका छन्। 

वर्तमान सरकारको कारण अहिले नयाँ खाले बहस चर्चामा आएको सुनाउँदै उनले भने– ‘निर्वाचनभन्दा पहिले अर्कै कुरा, अहिले बहुमत ल्याएपछि उहाँहरुलाई कार्यकारी राष्ट्रपति किन चाहियो? मुलुकलाई नयाँ बाटोतर्फ किन लैजान खोजिँदैछ? हाम्रो प्राथमिकता त समृद्धि र सुशासन हो।’

के कुराले गर्दा उहाँहरुलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्यो भन्दै उनले प्रश्न गरे। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘मुलुकलाई नयाँ नयाँ कुराको प्रयोग किन गर्नुपर्यो?, नेपाल प्रयोगशाला होइन्।’

नेकपाकै अध्यक्ष पुष्पकमल दाहालले त यसबारेमा बोलिसक्नुभयो नि भनेर सोधिएको प्रश्नमा नेता पौडेलले भने, ‘यो प्रचण्डको आवश्यकता होला तर देश र जनताको आवश्कता होइन, कसैलाई हिरोईज्म देखाउनको लागि मात्रै यो देश हो र?’

नेता पौडेलले आफ्नो पार्टीले ध्वंसात्मक कुरामा विश्वास नगर्ने भएकोले अहिले प्रतिपक्ष दलको संसदमा भूमिका कमजोर भएको हो कि जस्तो देखिएको बताए। उनले भने, ‘हामी गैरजिम्मेवार प्रतिपक्षी होइनौं, कसैले बजेट ल्याउँदा ब्रिफ केश नै च्यात्नुपर्छ भन्ने छैन, सरकारले काम गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू