अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट बाहिरिन्छौँः महासचिव सुमन

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:४२ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताउनुभएको छ । 

आज आयोजित साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पार्नुभयो ।

पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश नं २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “झुट बोल्नेलाई हामी समर्थन गर्दैनौँ, संविधान संशोधन गर्ने विषयमा पटकपटक विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।”

उहाँले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस् भनेर ढाँटेको आरोप लगाउनुभयो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू