अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए संसद् अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

बिआरटीनेपाल २०७५ जेठ २० गते १८:३६ मा प्रकाशित

सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नलिए संसद् अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल कांग्रेसले चेतावनी दिएको छ ।

गरीब र किसानहरूको पक्षमा सरकार नरहेको आरोप लगाउँदै कांग्रेसका सांसद् अतहर कमाल मुसलमानले मूल्यवृद्धि फिर्ता नलिए कांग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले खाद्यवस्तुहरूको पनि मूल्य बढ्ने भन्दै पेट्रोलियम पदार्थमा बढाएको मूल्य तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू