अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

बेबी आइ लभ यू’ले दर्शक बाट राम्रो प्रतिकृया पाउँदै, हलहरुमा चलचित्रले हाउस फुल

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:२२ मा प्रकाशित

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा रहेको चलचित्र ‘बेबी आइ लभ यू’ले दर्शक बाट राम्रो प्रतिकृया पाएको छ । रिलिज भएको पहिलो दिन अधीकांस हलहरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पएको छ ।

चलचित्र हेर्ने अधीकांस दर्शक हरुले चलचित्रको कथाबस्तु मन परेको बताएका छन । दर्शकहरुले चलचित्र हेरेपछी दिएको प्रतिकृयाले आफुहरु निकै खुशी भएको निर्देशक जनक पाण्डे ले जानकारी दिए ।

लव स्टोरी जनरामा निर्माण भएको फिल्म नव अभिनेता सन्तोष खड्गी र पूजा तिवारीको प्रेमको आसपास घुमेको छ ।

यि दुबै कलाकारको काम निकै तारिफ योग्य छ भने पहिलो पल्ट निर्देशन गरेका निर्देशक जनक पाण्डेको काम हेर्दा अब उनी नेपाली चलचित्र क्षेत्रमा जम्ने देखिन्छ । चलचित्रका प्रस्तुतकर्ता शिव न्यौपाने हुन ।

फिल्ममा सह निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे छन् भने फिल्ममा सन्तोष र पूजा सँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको मुख्य अभिनय रहेकको छ ।

प्रतिक्रिया