अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

रसुवामा पुस्तक हस्तान्तरण

बिआरटीनेपाल २०७५ जेठ १८ गते २१:०६ मा प्रकाशित

द एसिया फाउण्डेशनले हिमाली विकट जिल्ला रसुवाको सात वटा सामुदायिक विध्यालयलाई पुस्तक हस्तान्तरण गर्‍यो । हिजो रसुवाको गोल्जुङमा रहेको श्री पार्वतीकुण्ड माध्यामिक विध्यालयमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागी अमेरिकी राजदूत एलाईना वि टेप्लीज र द एसिया फाउण्डेशन नेपाल स्थित कार्यालयका निमित्त देशिय प्रतिनिधि नन्दिता बराहले संयुक्तरुपमा हस्तान्तरण गर्नु भयो । 

नेपाली र अङ्ग्रेजी भाषाका ४०० वटा सो पुस्तकको मूल्य ३ लाख ९२ हजार सात सय रुपैयाँ रहेको छ। द एसिया फाउण्डेशन र नेप्लिज एसोसिएसन अफ स्कुल लाईबेरियन्स व्दारा संयुक्तरुपमा आयोजित पुस्तक हस्तान्तरण कार्यक्रममा द एसिया फाउन्डेशनको बुक फर प्रोग्राम निर्देशक समिरा श्रेष्ठले विध्यार्थीहरुमा पढ्ने बानीको विकास गराउन द एसिया फाउण्डेनले डिजिटल लाईबेरीको विकास गरेको बताउँदै विध्यार्थीहरुलाई डिजिटल लाइबेरी प्रयोग गर्ने तरिकाका बारेमा प्रशिक्षण दिनु भयो । 

द एसिया फाउण्डेशनका तर्फबाट पुस्तक प्राप्त गर्ने विध्यालयहरुमा श्री पार्वतीकुण्ड माध्यामिक विध्यालय, श्री सरस्वती प्राथमिक विध्यालय,श्री हाकु माध्यामिक विध्यालय,नेपाल राष्ट्रिय माध्यामिक विध्यालय,श्री पारजुङ प्राथमिक विध्यालय, श्री निलकण्ड माध्यामिक विध्यालय र श्री शतिदेवी माध्यामिक विध्यालय रहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू