अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा नेपाली घर होटल सञ्चालनमा

बिआरटीनेपाल २०७५ जेठ १७ गते १९:२३ मा प्रकाशित

काठमाडौँ– काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषता सहितको होटेल खुलेको छ । नेपाली घर होटेल जेठ १६ गते बुधवारबाट औपचारिक सञ्चालनमा आएको हो ।

होटेलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् । करिब ४ वर्षको लागत समयमा ५ तल्ला पर्यटक स्तरिय होटेल निमार्ण सम्पन्न भएको हो । काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित यस होटेलमा नेपालीकला र संस्कृतिको पहिचान सहित अघि बढाउने उद्देश्य रहेको होटेलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए ।

यस होटेलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आर्कषक सजावट गरिएको छ । होटेलका आवश्यक सरसामानमा नेपाली बजार प्रबर्द्धन गर्ने उदेश्यले ग्रामीण भेगका महिलाहरूले तयार गरेका कलासिपहरुलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको छ । पाहुनालाई अत्याधुनिक सुविधा, नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने लक्ष्य होटेलले लिएको छ । अत्याधुनिक प्रविधिले सुसज्जित होटेलमा पाँचतारे होटेल सरह सुविधाहरू उपलब्ध छन् ।

प्रतिक्रिया