अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

आर्थिक ,सामाजिक रुपान्तरणका लागि मार्क्सका सिद्धान्तहरु आज पनि महत्वपुर्ण : प्रम ओली

बिआरटीनेपाल २०७५ जेठ १६ गते ११:१२ मा प्रकाशित

 

समाजवादका प्रवर्तक कार्ल माक्र्सको द्विशतवार्षिकीका अबसरमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्य केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचन्डले गर्नुभयो ।

कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री एवम नेकपा अध्यक्ष के पी शर्मा ओलीले ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्नुहुदै प्रधानमन्त्री ओलीले सर्वहारा वर्गका नेता कार्ल मार्क्सले प्रतिपादन गरेको समाजवादको सिद्धान्त आज पनि उत्तिकै समय सान्दर्भिक भएको बताउनुभयो ।

हरेक वर्गका जनताको आर्थिक ,सामाजिक रुपान्तरणका लागि मार्क्सका सिद्धान्तहरु आज पनि महत्वपुर्ण रहेको उल्लेख गर्नुहुदै उहाँले दुइ पार्टीको एकिकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी आर्थिक समृद्धि र सुशासन प्राप्तिको मार्गमा अघि बढ्ने बताउनुभयो ।

यसैगरी , अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आजको माक्र्सवाद र समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गर्नभयो ।

कार्यपत्र मार्फत उहाँले हुने खाने र नहुने वर्गबिच विद्यमान दुरीलाइ कम गर्नका लागि मार्क्सको सिद्धान्तको पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतान्त्रिक प्रणाली मार्फत जनताको मतको आधारमा शासन गर्ने र आर्थिक समृद्धि हासिल गर्ने जनचाहना पुरा गर्नकै लागि दुइ कम्युनिष्ट पार्टी एक भएको समेत उल्लेख गर्नुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा १६ देशका कम्युनिस्ट, समाजवादी र श्रमिक गरी २२ पार्टीको सहभागिता रहेको छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू