काठमाडौँ, आज अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीको नेतृत्वको टोलीले गृहमन्त्री रामबहादुर थापा “बादल” लाई माग पत्र पेस गरेका छ्न ।
सहिद तथा बेपत्ता परिवार, शिक्षा, राजनीति सँग सम्बन्धित मागहरू छिटोभन्दा छिटो पुरा गर्न माग गरेका छन् । उक्त भेटमा गृहमन्त्री राम बहादुर थापाले भने तपाइहरूले राखेका मागहरू अत्यन्त जायज, समय सान्दर्भिक, र महत्त्वपूर्ण छन्, म यी मागहरू प्रति अत्यन्त सकारात्मक छु, म तपाइहरूलाई विश्वास दिलाउन चाहन्छु, यी मागहरू पुरा गर्ने दिशामा हामी जाने छौँ ।´
त्यसै गरी आलोक रायमाझीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकृतिको बारेमा जानकारी र जिज्ञासा राख्दा गृहमन्त्री थापाले भने, अबको कदम भनेको शिक्षा र स्वास्थ्य क्षेत्रको माफियाकरण र सिन्डिकेटको विरुद्धमा हुन्छ, शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेट ता॓ड्छाै, माफियाकरणको अन्त्य गर्छौ ।