अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

नेपाल कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी

बिआरटीनेपाल २०७५ जेठ ११ गते १०:१५ मा प्रकाशित

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले उजुरी दिएका हुन् ।

आफ्नो नेतृत्वको पार्टीको नाम मिल्ने गरी नयाँ दल दर्ता गरिएको भन्दै उनी आयोग गएका हुन् । नेपाल कम्युनिस्ट पार्टी संविधानको धारा २६९ अनुसार पहिला नै दर्ता भएको उनको दाबी छ ।

केही दिनदेखि सत्तामा रहेका दलहरूले एकता प्रक्रिया मार्फत निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी नाम गरेको दल दर्ता गरेको र त्यसको अध्यक्षमा केपी बलि र पुष्पकमल दाहाल रहेको भनी सञ्चार माध्यममा प्रचार भइरहेको र स्वयम् सरकारका मान्छेहरू वाट समेत यस्तो अभिव्यक्ति आइरहेको भन्दै कट्टेलले आयोगको ध्यानाकर्षण गराएका छन् ।

तत्काल यसको सत्य तथ्य सार्वजनिक गर्न र यस्तो असंवैधानिक तथा गैह्रकानुनी काम गर्नेहरुलाई कानुनी कार्वाही गर्न उनले माग गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू