अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने

बिआरटीनेपाल २०७५ जेठ १० गते ९:३३ मा प्रकाशित

काठमाडौँ । काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रूपमा विकास गरिने भएको छ । नेपालविद्युत प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबिच विद्युत् गृहलाई शैक्षिक रअनुसन्धान केन्द्रको रूपमा प्रयोग ती विद्युत् गृहलाई तथा विकास गर्ने गरी समझदारी पत्र(एमओयू)मा हस्ताक्षर भएको छ ।धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङ र काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्राडा रामकण्ठ मकाजूश्रेष्ठले एमओयूमा हस्ताक्षर गर्नु भएको हो । एमओयूको म्याद  १० वर्षसम्मरहने छ ।  दुवैको सहमतिमा एमओयूको म्याद थप्न सकिने व्यवस्था गरिएको छ ।तीन महिनाको सूचना दिएर एमओयू खारेज गर्न सकिने छ ।

एमओयू बिहीबारबाटैकार्यान्वयनमा आएको छ ।प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत् गृहको सदृढीकरण, नयाँसंरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ । विद्युतगृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्तासंरचनाको प्रयोग गर्ने छ । विद्युत् गृहबाट गत वर्ष २६ लाख ३० हजार युनिटविद्युत उत्पादन भएको थियो । विद्युत् गृहको सञ्चालन भने प्राधिकरणले नैगर्ने छ ।

विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत लगायतकाइन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिककार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत् गृहको स्वामित्वमा रहेकासंरचना र जग्गाको प्रयोग गर्ने छ । विद्युत् गृहका टर्बाइन, जेनेरेटर, नहरलगायतका संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्थाएमओयूमा गरिएको छ ।प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमातालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमाविद्युत गृहको क्षमता स्तरोन्नती गर्ने, अहिले त्यहाँ रहेका संरचनाकोसुदृढीकरण तथा नयाँ बनाउने लगायतका काम गर्ने जानकारी दिनुभयो ।

यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग हुने उहाँले बताउनु भयो ।‘शुख्खायामको ऊर्जा बढाउन विद्युत् गृहभन्दा तल रहेको सोलान्दु लगायतकाखोलाखोल्सीको पानी पम्प गर्ने लगायतका सम्भावना विश्वविद्यालयले आफ्नै खर्चमा खोजी गरी आवश्यक संरचना निर्माण गर्ने छ’,उहाँले भन्नु भयो,‘प्राधिकरणलाई आतिरिक्त वित्तीय दायित्व सिर्जना नहुने गरीविश्वविद्यालयले विद्युत् गृहलाई जलविद्युत, वायु र सौर्य ऊर्जाकोहाइब्रिड हबकोरुपमा विकास गर्ने छ ।’कार्यक्रममा उपकूलपति प्राडा रामकण्ठ मकाजू श्रेष्ठले विद्युत् गृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भयो । ‘विद्युत् गृहलाई सुधार गर्न गर्नु पर्ने काम धेरै छन्, दुई वर्षभित्रै सबै काम सकी विद्युत् गृहलाई सिकाइका लागि उत्कृष्ट थलोको रूपमा विकास गर्ने छौँ’,उहाँले भन्न भयो,‘विद्युत् गृहलाई इन्जिनियरिङ अध्ययनका लागि शैक्षिक ग्राम बनाउने छौँ ।’

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् सेवा प्रदायक र विश्वविद्यालयबिच विद्युत् गृह शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने गरी एमओयू हुनु सुनौलो अवसर भएको बताउनु भयो । प्राधिकरणले फर्पिङ, सुन्दरीजल जस्ता ऐतिहासिक विद्युत् गृह विश्वविद्यालयलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको छ नेपालको पहिलो विद्युत् गृह फर्पिङलाई त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । सरकार र तत्कालीन सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती विद्युत् गृहको निर्माण भएको थियो । विद्युत् गृह ३१ असार २०२२बाट सञ्चालनमा आएको थियो । विद्युत् गृह अहिले जीर्ण अवस्थामा सञ्चालन भइरहेको

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू