अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

नेपाली मौलिक खानालाई पर्यटनसँग जोडेर प्रर्बधनात्मक अभियान शुरु

बिआरटीनेपाल २०७५ जेठ १० गते ९:१६ मा प्रकाशित

नेपाली  मौलिक  खानालाई पर्यटन सँग जोडेर प्रर्बधन गर्न सुरु गरिएको छ । यसक्रममा एयरपोर्ट होटेलले विहिबारबाट आफ्ना पाहुनाहरूलाई पुरै मौलिक नेपाली खानाले स्वागत गर्न सुरु गरेको छ । होटेलले २८ प्रकारका नेपाली मौलिक खानालाई आफ्नो मेन कोर्समा राखेको एयरपोर्ट होटेलका प्रबन्ध निर्देशक विनायक शाहले बताउनु भयो ।

विश्व पर्यटन बजारमा पाकवान पर्यटनको विकास तीव्र गतिमा भइरहेको अवस्थामा नेपालले पनि विधमान नेपाली खानाको प्रवर्द्धन मार्फत  पर्यटन प्रवर्द्धन गर्न लागेको  भन्दै होटेल एसोसिएसनका अध्यक्ष अजरमान श्रेष्ठले नेपाली खानालाई विश्व व्यापिकरण गर्ने अभियान सुरु गरिएको जानकारी दिनु भयो ।

विश्व बजारमा मौलिक खानाका कारण पर्यटन आगमनमा बृघ्दि भइरहेको भन्दै उहाँहरूले भाषिक एंब सांस्कृतिक रूपले विविधतायुक्त नेपाल   मौलिक खानाका हिसाबले पनि धानिरहेको बताउनु भयो । नेपालमा २ सय प्रकारका रैथाने खानाहरू रहेका छन् ।

एयरपोर्ट होटेलले नेपाली खानाको मेनुमा ५ प्रकारको सुप ५ प्रकारको स्यान्स १३ प्रकारको मेन कोर्स र ५ प्रकारको डेजट उपलब्ध गराउने एयरपोर्ट होटेलका प्रबन्ध निर्देशक विनायक शाहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू