अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

जनतालाईनै केन्द्रबीन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम आएको :प्रम ओली

बिआरटीनेपाल २०७५ जेठ ९ गते ८:१४ मा प्रकाशित

 

प्रधानमन्त्री के पी ओलीले नेपाली जनताका इच्छा र आकांक्षा पुरा गर्ने उद्देश्यकासाथ जनतालाईनै केन्द्रबीन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बताउनुभएको छ ।

काठमाण्डौमा आयोजित विश्व प्रजातान्त्रिक युवा महासंघको सचिवालय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी ५ बर्षमा मुलुकबाट सबै प्रकारका विभेद अन्तय गर्ने र सामाजिक न्यायपूर्ण समाजको स्थापना गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको बताउनुभयो ।

वर्तमान सरकार मुलुकमा नीजि लगानी र उत्पादन तथा उत्पादक्तव बढाउने कार्यलाई प्रोत्साहित गर्नुकासाथै समन्यायिक वितरण प्रणालीलाई समेत स्थापना गर्न क्रियाशील रहने प्रधानमन्त्रीको भनाई थियो ।

कानुनी शासन र सुशासनकालागि आवश्यक बलियो शासन व्यवस्था वर्तमान सरकारले बनाउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्तमान संविधान सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा पूर्ण प्रजातान्त्रिक रहेको पनि चर्चा गर्नुभएको थियो ।

नेपाली जनताले लामो समयसम्म गरेको संघर्षको प्रतिफलस्वरुप राजनीतिक अधिकार र प्रजातान्त्रिक व्यवस्था प्राप्त भैसकेका कारण मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा डोर्याउन युवाको महत्वपूर्ण भूमिका रहेकोमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको थियो ।

त्यस बखत परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उचित शिक्षा तथा रोजगारी युवाका प्रमुख समस्या रहेको बताउँदै दुर्व्यसन, आतंकवाद तथा चेलीबेटी बेचबिखन जस्ता विकृति र विसंगतीबाट युवालाई मुक्त राख्नु प्रत्येक सरकारको चुनौतिका रुमा रहेको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष निकोलस पापादीमीत्रो, युवा संघका अध्यक्ष रमेश पौडेल लगायत अन्य वक्ताहरुले युवाका समस्या समाधान गर्न राजनीतिक दलहरुले प्रतिबद्धता व्यक्त गरेपनि समाधानमा चासो नदिने गरेको विश्वव्यापी समस्या रहेको बताउनुभएको थियो ।

तीन दिन सम्म काठमाण्डौमा बस्ने महासंघको सचिवालय बैठकले युवाका समस्याका साथै रंगभेद जातिभेद र साम्राज्यवाद विरुद्ध काठमाण्डौ घोषणापत्र जारी गर्ने छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू