अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

उपासनालाई ‘सिन्ड्रेला नेपाल’ उपाधि

तेन्जिङ शेर्पा, काठमाडौँ २०७५ जेठ ६ गते २०:०३ मा प्रकाशित

‘सिन्ड्रेला नेपाल–२०१८’को उपाधि उपासना श्रेष्ठले जितेकी छन् । शनिवार राजधानीमा सम्पन्न प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धालाई पछि पार्दै उपासना यस वर्षकी ‘सिन्ड्रेला नेपाल’ घोषित भएकी हुन् । उपासनाले ताजसहित नगद १० हजार प्राप्त गरिन् ।

प्यासिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यस तेस्रो संस्करणमा क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप कृष्टिना श्रेष्ठ र स्तुति स्वाँर भए ।  कार्यक्रममा विभिन्न सबटाइटल पनि प्रदान गरिएको थियो । जसअनुसार मिस ट्यालेन्ट सुबेका दुबे, बेस्ट ड्रेस सेरिनिटी बन्जारे, डिस्प्लिन आयुषी थापा, फोटो जेनिकमा आम्शु आचार्य, फ्रेण्डशिपमा इप्शा मगर, मिस स्माइल टिना पुन र मिस बेस्ट हेयरको उपाधि सामला गुरुङले पाए ।

त्यस्तै, बेस्ट स्किन सुश्रीया रोज मैनाली, मिस पर्सनालिटी क्रिष्टजल भण्डारी, मिस चार्मिङ छिरिङ छुटिम तामाङ, पब्लिक च्वाइज एञ्जल भेटवाल, मिस इनोसेन्ट इसा चौलागाइँ, मिस–वाक प्रकृति शाक्य, मिस स्पोन्स टेनियस बिचना राई, मिस एलिगेन नैशा धमला र मिस पंच्यालिटी युथिका न्यौपाने भए ।

मोडल बिपना थापाको कोरियोग्राफी र सुदर्शन सुबेदीको इभेन्ट मेनेजमेन्ट संयोजनमा आयोजित प्रतियोगितामा गायक लाक्पा शेर्पा, प्रवेशमान शाक्य, निर्णय श्रेष्ठ, व्यावसायिक उज्जलकृष्ण श्रेष्ठ, पत्रकार भूषण श्रेष्ठ र द सुपर मोडल अभिलाषा शर्मा स्वाँर निर्णय थिए । विभिन्न साङ्गीतिक कार्यक्रमसहित प्रतियोगिता सम्पन्न भएको इभेन्ट संस्थाका अध्यक्ष फुपू तेञ्जिङ शेर्पाले बताए ।

प्रतिक्रिया