अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

नायिका निशा अधिकारी आमा बनिन्

बिआरटीनेपाल २०७५ जेठ ६ गते १८:४१ मा प्रकाशित

अभिनेत्री निशा अधिकारी र क्रिकेटर शदर भेषावकर अभिभावक बनेका छन् । शुक्रवार अमेरिकाको एक अस्पतालमा नायिका निशा अधिकारी आमा बनेकी हुन ।

नायिका अधिकारीले फेसबुकमार्फत् आफ्नो र छोरा युभन निशारदको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् । चलचित्र झ्यानाकुटी रिलिज लगत्तै उनी अमेरिका उडेकी थिइन् ।

अमेरिका प्रस्थान गरेका महिलाहरुले अमेरिका पुगेर सन्तान जन्माउँदा त्यहाँका नागरिकता पाउने गर्छन् । सन्तानले पाएको नागरिकताको आधारमा परिवार पुरै अमेरिकामा सेटल हुन पाउने व्यवस्थाले गर्दा निशाले पनि अमेरिका मोहका कारण आफ्नो पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएको चर्चा छ ।

प्रतिक्रिया