अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

कर्णाली प्रदेशमा लगानी गर्न नीजिक्षेत्रलाई कर्णाली प्रदेशका मुख्यमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७५ जेठ ६ गते १०:०७ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई देशकै मजबुत शान्तिसुरक्षा भएको प्रदेशको रुपमा विकास गरिने योजना भएकोले नीजि क्षेत्रलाई लगानीको सुरक्षाको चिन्ता नगर्न आग्रह गरेका छन् ।कर्णाली प्रदेश च्याम्बर अफ कमर्सको प्रदेश कार्यालय उद्घाटनको क्रममा  उनले सो कुरा बताएका हुन् ।

सुर्खेतको बिरेन्द्रनगरमा आयोजित उक्त कार्यक्रममा उनले भने, “कर्णालीको बिकास र समृद्दीको महत्वपूर्ण साझेदार नीजि क्षेत्र भएकोले पनि नीजि क्षेत्रको लगानी, योगदान र उ संगको सहकार्य नै कर्णाली प्रदेशको बिकासको मूल आधार बन्ने छ। कर्णली प्रदेशको कृषि, जलबिद्दुत, प्रयटन र जडिबुटी यस प्रदेशका चार प्रमुख खम्बा हुनेछन् र त्यसको लागि सरकार, नीजि क्षेत्र र आम जनसमुदाय एक भएर कर्णालीको समृद्दी हाँशिल गर्न हातेमालो गर्दै अघि बढ्नु आजको आवश्येक्ता हो ।
नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले ५७ वटा देशका च्याम्बर अफ कमर्सलाई नेपाल च्याम्बर अफ कमर्ससंगको औपचारिक सम्बन्धको आधारमा कर्णाली प्रदेशमा लगानीको लागि सिधै आमन्त्रण गर्न सकिने कुरा बताएका छन् । बदलिदो परिस्थितिमा विकास र समृद्दिको रणनीतिमा पनि परिवर्तन आवश्येक रहेको भन्दै उनले भने, “थुप्रै देशका उद्योगिहरु नेपालमा लगानी गर्न तयार रहेको तर त्यसको लागि प्रदेशमा हुने लगानीको वातावरण प्रदेश सरकारले बनाउन जरुरि छ । प्राकृतिक साधन श्रोतको उपयोगबाट कर्णाली प्रदेशको मात्र होइन, मुलुककै आर्थिक विकास र समृद्दी हाँशिल गर्न सकिने भएकोले प्रदेश सरकारले लगानी मैत्री ऐन कानुन बनाउने र नीजि क्षेत्रलाई बिकासको साझेदार बनाउन तर्फ कदम चाल्न आवश्येक छ ।
कर्णाली प्रदेशका मन्त्रीहरु लगाएत प्रदेशका अन्य सरकारी कार्यालयका प्रमुखहरु र राजनीतिक दलका नेताहरुको पनि उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता कर्णाली च्याम्बर अफ कमर्सका अध्यक्ष दीपेन्द्र कुमार खत्रीले गरेका थिए भने कार्यक्रमको संचालन सुर्खेत च्याम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले गरेका थिए ।

प्रतिक्रिया