अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

जोशी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:२५ मा प्रकाशित

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

दक्षिण कोरियाको वाङहोङ प्रान्तमा आज सम्पन्न पाटाको वार्षिक साधारण सभाबाट उहाँ अध्ययक्ष बन्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल पाटाको सदस्य करिब पाँच दशकको इतिहासमा उक्त कमिटीको अध्याय हुने जोशी पहिलो नेपाली बन्नुभएको छ ।

दुई वर्षअघि बोर्डको कार्यकारी प्रमुखकारुपमा नियुक्त भएसँगै भूकम्प र आपूर्तिको असहजताले शिथिल र मर्माहत बनाएको पर्यटनलाई पुनरुत्थान गर्ने र परिणाममुखी नेतृत्वको भूमिका प्रयास भइरहेका बेला जोशी नेतृत्वमा आउनुभएको थियो ।

विभिन्न ६५ भन्दा बढी मुलुकका सदस्य रहेको र निजी तथा सरकारी क्षेत्रको समन्वय र सम्पर्क हुने उत्कृष्ट मञ्चकारुपमा स्थापित पाटा विश्वव्यापीरुपमा प्रतिष्ठत संस्था हो । विश्व पर्यटन मानचित्रमा एसिया प्यासिफिक क्षेत्रले संसारकै ध्यान आकृष्ट गरिरहेका बेला महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेका बोर्डका कार्यकारी प्रमुख जोशीको नियुक्तिबाट नेपालको छवि झनै उचो भएको र यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । पाटाको वार्षिक साधारण सभा यही २०१८ मे १७ देखि २० सम्म दक्षिण कोरियाको वाङहोङ प्रान्तमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया