अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

नेकपाःनयाँ केन्द्रीय सदस्यका लागि नीति–मापदण्ड बनाइने

बिआरटीनेपाल २०७५ जेठ ४ गते २३:३९ मा प्रकाशित

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ ।  तत्कालीन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरू शुक्रवार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

चार सय ४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक दुई हप्तामा हुने जनाइएको छ । पैँतालिस सदस्यीय स्थायी कमिटी हुने नेकपामा पोलिटब्यूरो भने रहने छैन । नौ सदस्यीय सचिवालय भने गठन भइसकेको छ । यसैबिच नेकपा संसदीय दलको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान ११ बजे बस्ने जानकारी सांसद तथा पार्टी कार्यालय सचिव श्रेष्ठले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू