अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

एसईईको तयारीमा जुटेकी करिश्मा यस्ती देखिईन् स्कुले पोशाकमा

बिआरटीनेपाल २०७५ जेठ ३ गते १९:२८ मा प्रकाशित

काठमाडौँ । नायिका करिश्मा मानन्धर यति खेर एसईई परीक्षाको तयारीमा छिन् । अभिनय यात्रामा लागेर अपुरो रहेको आफ्नो अध्ययन पुरा गर्नका लागि उनी यतिखेर लागि परेकी छन् । १४ वर्षको उमेरमा ८ कक्षा पढ्दापढ्दै पढाई छाडेर अभिनयमा लागेकी करिश्मा ४४ वर्षको उमेरमा विद्यालय भर्ना भएर आफ्नो पढ्ने रहर पूरा गर्दै छिन् ।करिश्माले मैतिदेवीस्थित त्रिवेणी स्कुलमा कक्षा १०मा अध्ययन गरिरहेकी छिन् ।फिल्म र राजनीतिलाई पछाडि राखेर पढाइलाई विशेष प्राथमिकता दिएको मानन्धर बताउँछिन् ।

एसईई परीक्षाको तयारीमा रहेकी करिश्मा उत्कृष्ट नतिजाको लागि पनि एक्सट्रा क्लासहरू लिईरहेकीछिन् । एसईई परीक्षा भन्दा अगाडी कुनै फिल्ममा पनि काम नगर्ने बताएकी करिश्मा राम्रो अङ्कका साथ परीक्षा उत्तीर्ण गर्न चाहिन्छन् ।

प्रतिक्रिया