अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

छक्का पन्जा-३ को छायाङ्कन सुरु

बिआरटीनेपाल २०७५ वैशाख ३० गते ९:४९ मा प्रकाशित

छक्का पन्जा ३ मा पुष्प खड्काको इन्ट्री पक्का भएको छ । यस भन्दा अगाडी फिल्म दर्पण छाया २ र मङ्गलममा अभिनय गरिसकेका छन् । फिल्म मंगलमबाट उनको अभिनयको राम्रै तारिफ भएको थियो ।

फिल्मको आज (शुक्रबार) सुर्यबिनायक मन्दिरमा शुभ मुर्हत गरिएको छ । फिल्म छायाङ्कन आजैबाट सुरु भएको छ । फिल्मको छायाङ्कन चित्लाङ हुँदै दमौली, पोखरा लगायतका ठाउँमा हुनेछ ।

रेकर्ड ब्रेकर ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा ३’ को स्क्रिप्टमा समय नपुगेको र आफुलाई चित्त नबुझेको भन्दै निर्माण टिमले सुटिङ केही दिन पर सारेको थियो । वैशाख १७ गतेबाट फ्लोरमा जाने भनिएको फिल्मको आन्तरिक तयारी नपुगेको भन्दै सुटिङ सारिएको थियो ।

दीपाश्री निरौलाको निर्देशन रहने फिल्ममा पुरानै कलाकारहरु दोहोरिने छन् । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया