अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

वित्तिय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न वितिय संस्थाहरुलाई अर्थमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७५ वैशाख २९ गते ५:११ मा प्रकाशित

अर्थमन्त्री युवराज खतिवडाले वित्तीय संस्थाहरूले वित्तीय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन्।सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्व विषयक कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तीय अनुशासन र पारदर्शिता बिना बचत कर्ता र सर्वसाधारणको विश्वास आर्जन गर्न नसकिने भन्दै त्यस तर्फ सचेत हुन वित्तीय संस्थालाई सुझाव दिएका हुन्।

वित्तीय संस्थाहरूलाई सरकारका नीति नियम पालना गर्दे जनउत्तरदायी र पारदर्शी हुन उनले आग्रह गरे। वित्तीय संस्थाहरूको काम कारबाहीको अनुगमन र नियमन राष्ट्र बैकले गर्ने गरेको उल्लेख गर्दै उनले वित्तीय अनुशासनमा आँच आउने काम नगर्न सबैलाई सचेत गराए।

वित्तीय अवस्थाको लेखापरिक्षण, संपरीक्षण गर्ने निकायहरूलाई पनि आफूले हेर्ने सङ्घ संस्थाको वित्तीय अवस्था विश्लेषण गर्न कुनै आग्रह पूर्वाग्रह नराख्न उनले सुझाव दिए। पछिल्लो समय विशेष गरेर वित्तीय क्षेत्र प्रलोभनमा परि खराब कर्जा प्रवाह गर्ने गरेका समाचार आउने गरेका छन्।

यस्ता छिटफुट घटनाले सिङ्गो वित्त क्षेत्रलाई नै प्रभाव पार्ने भएकाले जिम्मेवार, पारदर्शिता र अनुशासनलाई कायम राख्न उनले आग्रह गरे ।

प्रतिक्रिया