अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

दर्शक श्रोताहरूको मन जित्दै अशोक अर्यालको “यो जुनीलाई” ( भिडियो सहित)

बिआरटीनेपाल २०७५ वैशाख २८ गते २३:०६ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका गायक अशोक अर्यालको स्वरमा रहेको नयाँ गीत “यो जुनीलाई” को म्युजिक भिडियो YouTube मार्फत सार्वजनिक भए सँगै यस गीतको चर्चा बढ्दै गएको छ । गत वर्ष अशोका एल्बम बजारमा ल्याएका गायकले नव वर्षको अवसर पारेर उक्त गीत ल्याएका हुन् । 

सलीना म्युजिकको प्रस्तुति रहेको उक्त भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् भने छायाङ्कन प्रकाश खड्काले गरेका छन् । गायकअर्यालको सुमधुर स्वरमा रहेको उक्त म्युजिक भिडियोमा चर्चित अभिनेत्री/मोडेल अनु शाह र कमल सिंहको जोडदार अभिनय रहेको छ। राजुअर्यालको शब्द , सङ्गीत र केशव बडूको सङ्गीत समायोजन रहेको उक्त गीतको भिडियोलाई मिलन विकले सम्पादन गरेका छन्।

एक तर्फी मायाको कथा बोकेको उक्त गीतले दर्शक श्रोताहरूको मन जित्दै गैरहेको छ ।

यस्तो छ ‘यो जुनीलाई’ को म्युजिक भिडियो :

प्रतिक्रिया