अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

१४ वर्षको उमेरमा म अरूको होटेलमा भाडा माझ्ने काम गर्न थाले

बिआरटीनेपाल २०७५ वैशाख २७ गते १०:०१ मा प्रकाशित

भक्तपुर। ‘म सानै थिए। कक्षा ५ मा पढ्थे। घरमा सारै दु:ख थियो। एक छाक खान, राम्रो लगाउन समेत रहर हुन्थ्यो। मेरी आमाले हामीलाई धेरै दुख झेलेर हुर्काउनु भयो। घरको नाजुक अवस्थाको कारण आमा सधैँ रुनु हुन्थ्यो। आमाको रुवाई र घरको नाजुक अवस्थाले मैले पढ्न पाइन। १४ वर्षको उमेरमा म अरूको होटेलमा भाडा माझ्ने काम गर्न थाले। ‘ विगतका कुरा सम्झिएर गह भरी आशु पर्दै भनिन् चाइना भीबि क्लोथिङ्गकी सञ्चालिका पेम छोएकी शेर्पाले।

कुनै बेला अरूको होटेलमा काम गर्थिन् उनी। आफ्नो घरको नाजुक अवस्था र आमाको रुवाई सहन नसकेर पढाई छोडेर नै उनले अरूको होटेलमा भाडा माझ्ने काम गर्ने निर्णय गरिन्। उनी भन्छिन् ,”काम सानो ठुलो हुँदैन। हामी नेपाली आफ्नै देशमा घर सफा गर्न, भाडा माझ्न लजाउछौ तर यही काम अरूको देशमा गएर गर्न चाही तयार हुन्छौ । तर मलाइ काम गर्न लाज लाग्दैन। न त अरूले नै लजाउन जरुरत छ। मिहिनेत गर्न के को लाज।”

पेम छोकिले अठोट नै लिइन् पढ्न नपाए पनि म चाइनिज भाषा सिक्छु भनेर। आफ्नो अठोट पुरा पनि गरिन् भाषा सिकेर उनी चाइना छिरिन्। त्यहाँ उनको एक जना चाइनिज केटासँग भेट भयो। उनीहरूले एकअर्कालाई मन पराए र विवाह गरिन् पेम छोएकीले। १७ वर्षको उमेरमा उनी चाइनिज केटासँग विवाह बन्धनमा बाधीईन। अहिले उनी एक छोरीको आमा पनि भैसकेकी छिन्। कुनै बेला खान सम्म दुख थियो उनलाई तर अहिले उनी सपन्न छिन्।

धेरैलाई लाग्न सक्छ कि विदेशीसँग विवाह गरेर उनको भाग्य चम्किएको हो। तर यो सरासर १०० % गलत हो। उनको भनाई अनुसार उनको श्रीमानको अवस्था पनि निकै नाजुक थियो। उनी भन्छिन्,”चाइनिज सबै धनी हुन्छन् भन्ने छैन। मेरो श्रीमानको आर्थिक अवस्था कम्जोर नै थियो। मैले छ महिनाको छोरी छोडेर उहाँसँग काम गरेको छु।” आफ्नो अथाहा र कडा मेहेनत पश्चात् पेम छोएकीले सफलता चुमेरै छोडिन्। आर्थिक अवस्था बलियो हुँदै गए पछि उनले आफ्नो मनलाई विशाल पारेर आम नेपालीलाई नै फाइदा हुने काम सुरुवात गर्ने सोच बनाइन्। उनको सोच र योजना मुताबिक उनले नेपालमा कपडा व्यवसाय गर्न सुरु गरिन्।

करिब ४ वर्षको चाइना बसाई पछि उनले चाइनाबाट कपडा नेपाल ल्याउने र नेपालमा एकदम कम मूल्यमा बेच्ने उनको उद्देश्य पुरा गर्न सर्वप्रथम त उनले सातदोबाटोबाट आफ्नो व्यवसाय सुरु गरिन। उनले हरेक साना कपडा देखि ठुलो कपडा सम्म ५०० मा विक्रीमुल्य राखेर चाइना भीबी क्लोथिंग नामक पसलबाट आफ्नो व्यवसाय अगाडी बढाइन्। त्यसपश्चात् उनले गौशाला, सुर्यविनायक र बनेपामा पनि चाइना भीबी क्लोथिंग खोलिन्। आम नेपालीको लागि नै जस्तो सुकै कपडा ५०० मा पाउनु भनेको एकदम खुसीको कुरा पनि हो। उनले अहिले विक्री मुय बढाएर ६०० मा पुराएकि छिन्। कारण भन्सार महँगो पर्ने भएकोले उनले यसरी विक्री मूल्य बढाएको बताउँछिन्।

आफ्नो व्यवसाय कपडा देखि सुरु गरेकी पेम छोकिले अहिले जुत्ता र भाडा पनि आफ्नो पसलमा थापेकी छिन्। हरेक सामानको मूल्य ६०० नै हो। यो सुन्दा आश्चर्यजनक पनि छ तर यो एकदम सत्य कुरा हो। यो व्यवसायमा पेम छोएकी एक्ली छैनन्। उनको साथमा उनको श्रीमान् र मामाको ठुलो सहयोग रहेको छ। हाल उनका श्रीमान् आफ्नै काममा व्यस्त हुन थालेपछि भने अहिले उनी र उनको मामा मिलेर यो व्यवसाय गर्दै छन्। निकट भविष्यमा उनी यस्तो पसल नेपालको विकट ठाउँमा खोल्न चाहन्छिन्। कपडा सँगै उनले कस्मेटिक पसल राख्ने पनि योजना बनाएकी छिन्।

सिन्धुपाल्चोककि वासिन्दा पेम छोएकीको घरमा आमा बहिनी र उनी गरेर तिनजनाको सदस्य छन्। उनको यस्तो प्रशंशाजनक कामबाट उनका परिवार पनि निकै खुसी छन्। साँच्चै भन्ने हो भने उनको यस्तो काम समाजको लागि नै उदाहरणीय पनि छ। उनी सानो छँदा उनले न त काठमाडौँ नै देखेकी थिइन् न त उनी सुख सयलमा नै हुर्केकी हुन्। आफूले जस्तो दुख अरूले खेप्नु नपरोस, नयाँ लगाउने इच्छा भएका तर पैसाको अभाव हुनेलाई कम मूल्यमा नै किनेर लगाउन पाउन भनेर उनले यो व्यवसाय रोजेको उनको भनाई रहेको छ।

यसरी कपडा, खेलौना, जुत्ता, ब्याग देखि भाडा समेत सस्तो मूल्यमा विक्री गर्दा अरू व्यवसायीलाई मर्का नपरेको पनि होइन र उनलाई आफ्नो पसल बन्द गर्न दबाब पनि नआएको होइन तर यस्ता अप्ठ्यारा र चुनौतीलाई सामना गर्दै उनी अगाडी बढी रहिन् । जसले जे सुकै भने पनि धम्की दिए पनि उनी आफ्नो काममा निरन्तर लागि नै रहेकी छिन्।

हेर्नुहोस् पेम छोएकीसँग गरिएको भिडियो :

प्रतिक्रिया