अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

परिसंघद्वारा सर्वियाको उपप्रधानमन्त्रीको स्वागत

बिआरटीनेपाल २०७५ वैशाख २२ गते ८:०७ मा प्रकाशित

नेपालीका लागि सर्विया जान भिसा आवश्यक नपर्ने व्यवस्था गर्न नेपाल सरकारसँग सर्विया सरकारले छलफल अघि बढाउने जानकारी नेपाल भ्रमणमा रहनु भएका सर्वियाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डासिस (Ivica Dacic) ले गराउनु भएको छ ।

नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री डासिस (Dacic) को सम्मानमा वैशाख २२ गते काठमाण्डौमा आयोजित स्वागत समारोहको अवसरमा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाल सर्विया (तत्कालीन युगोस्लाभिया) बिचको सम्बन्धलाई थप विस्तार तथा दुवै देशबिच लगानी र व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आपसी समझदारी (च्भअष्उचयअब)ि का आधारमा भिसा (ख्ष्कब) निःशुल्क गरिने सोच भएको विचार व्यक्त गर्दै नेपाली उद्यमीले सर्वियामा लगानी गरेको उदाहरणले पनि दुवै देश बिच लगानीको राम्रो सम्बन्ध र अवसर छ । यसमा परिसंघ जस्तो संस्थाले सर्वियाको लगानी नेपालमा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास समेत उहाँले गर्नु भयो ।

कार्यक्रमको प्रारम्भ सर्वियन उपप्रधानमन्त्री र उहाँको प्रतिनिधि मण्डलको स्वागत गर्नुहुँदै परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपाल र सर्विया दुवै मुलुक केही समय अघि राजनीतिक अस्थिरतामा गुज्रेको पृष्ठभूमिमा अहिले दुवै देशमा शान्ति र स्थिरताको वातावरण तयार भएकाले दुवै देश बिचको व्यापार र लगानीको यथेष्ट सम्भावना छ । विकासको अनुभव गरिसकेको र सम्भावना युक्त सर्वियासँग प्रविधि र लगानीका विषयमा नेपालले धेरै कुरा सिक्न सक्ने भएकाले दुवै देश बिच सहकार्यको प्रशस्त सम्भावना भएकोले नेपालको निजी क्षेत्र सर्वियाका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गर्नुभयो । साथै नेपालको लगानीकर्ता विशेषतः सी.जी. ग्रुपलाई सर्वियामा आफ्नो उद्योग स्थापना र सञ्चालन गर्न उचित वातावरण बनाइ दिएकोमा सर्विया सरकारलाई धन्यवाद दिनु हुँदै अध्यक्ष शर्माले नेपालमा समेत लगानीको राम्रो वातावरण भएको सन्देश एवं जानकारी सर्वियाका लगानीकर्तासम्म पु¥याउन उपप्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

उक्त अवसरमा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले सर्वियाको लगानी वातावरण र नेपाल सर्विया बिचका सम्बन्धमा क्रमशः विस्तार हुँदै गएको धारणा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा सर्वियन प्रतिनिधि मण्डलका सदस्य एवं नेपालका लागि सर्वियाका राजदूत भ्लादिमिर मारिक (Vladimir Maric), उपप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजदूत निकोला नेडिज्कोभिक (Nikola Nedijkovic), प्रतिनिधि मण्डलका अन्य सदस्यहरू, परिसंघका वरिष्ठ उपाध्यक्ष, पदाधिकारीहरू, गभर्निङ्ग काउन्सिल र राष्ट्रिय परिषद्का सदस्यहरू समेतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू