अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

सडक सञ्जालको विकास सगैं प्रसिद्ध ट्रेकिङ रुटहरुको अस्तित्व संकटमा

बिआरटीनेपाल २०७५ वैशाख २० गते ३:४४ मा प्रकाशित

पछिल्लो समय सडक सञ्जालको विकास एवं विस्तार भएसगैं प्रसिद्ध ट्रेकिङ रुटहरु (पदमार्ग) को अस्तित्व मेटिन थालेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार नेपालमा लामो तथा छोटो गरि करिब एक सयको हाराहारीमा ट्रेकिङ रुटहरु रहेका छन् ।

त्यसमा पनि अन्नपूर्ण, सगरमाथा, लाङटाङ, कंञ्चनजंगा, मनास्लु, मकालु जस्ता ट्रेकिङ रुट निकै प्रसिद्ध छन् । पछिल्लो समय रसुवाको तामाङ हेरिटेज, धादिङको रुपी भ्याली, गोर्खाको चुनभ्याली पनि पर्यटक माझ लोकप्रिय बन्दै गएका छन् । तर ति जिल्लाहरुमा सडक संजालको विस्तार भएसँगै यी रुटहरु छोटिएका छन् ।

त्यस्तै ट्रेकिङका लागि निकै रुचाईएको कास्कीको नयाँपुल–धान्द्रुक–घोरेपानी हुदैं जोमसोमसम्मको रुटमा पनि सडक विस्तारसगैं पदमार्ग नै विस्थापित हुनपुगेको छ। शरद ऋतुमा भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्स, बेलायत लगायतका देशका पर्यटकहरु पदयात्राका लागि नेपाल आउछन् । उनका अनुसार नेपालमा करिब १८ सयको हाराहारीमा ट्रेकिङ ब्यावसायी छन् भने लाखौ यस क्षेत्रमा रोजगारी पाएका छन् ।

ट्रेकिङ रुटलाई व्यवस्थित गर्न सडक विस्तारलाई वैकल्पिक मार्गको रुपमा विकास नगर्ने हो भने नेपालका पदमार्गहरु लोप हुने भन्दै उनले सरकारको ध्यानकार्षण गराए । सडक विस्तार गर्दा पदमार्गलाई नछुने गरि गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ। पदयात्राका लागि वार्षिक लाखौ पर्यटकहरु नेपाल आउने गरेका छन्।

प्रतिक्रिया