अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

प्राथमिक उपचार अभियान सम्पन्न

बिआरटीनेपाल २०७५ वैशाख १६ गते ११:१३ मा प्रकाशित

सामाजिक संस्था माजोंग फाउन्डेसन नेपालको आयोजनामा हालै निःशुल्क प्राथमिक उपचार तालिम राजधानीमा सम्पन्न भएको छ । पत्रकार, सामाजिक अभियन्ता, होटेल व्यवसायी तथा स्वयंसेवीहरुलाई प्रदान गरिएको उक्त तालिममा ५४ जना प्रशिक्षार्थीको उपस्थिति थियो । 

जीवनरक्षक प्राथमिक तालिमको लागि डिस्कभरी रोयल स्पोर्ट्स यूएईका प्रबन्ध निर्देशक ओम उप्रेतीले विविध १२ विषयमा तालिम प्रदान गर्नुभएको थियो । उक्त तालिमका संयोजक तथा जनस्वास्थ्य बिशेषज्ञ डा. रवीन्द्र पाण्डेले स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो ।

बेहोस भएको, पानीमा डुबेको, हड्डी भाँचिएको, दुर्घटनामा परेको, छारे रोग तथा अन्य कारणले ढलेको, घाँटीमा अड्केको ( चोकिंग ), करेन्ट लागेको, सर्पले टोकेको, रक्ताश्राब भएको, आगोले पोलेको, हृदयाघात भएको तथा हृदय एवम् श्वास गति बन्द भएकोलाई दिइने सिपिआर तालिम प्रयोगात्मक तरिकाले प्रशिक्षण दिइएको थियो । 

उक्त कार्यक्रममा माजोंग फाउन्डेसनका अध्यक्ष विनोद श्रेष्ठ, कार्यकारी निर्देशक रोहित थापा, सदस्य सचिव अमूल्य राणा, सदस्य मुकुन्द अधिकारी तथा प्रशिक्षक ओम उप्रेती, हेमन्त पौडेल लगायतलाई सम्मानको चिनो प्रदान गरिएको थियो ।

प्रशिक्षार्थीहरुलाई आइ एस ओ प्रमाणित तालिम लिएको प्रमाणपत्र पनि वितरण गरिएको थियो । निकट भविष्यमा यो कार्यक्रमलाई देशव्यापी सञ्चालन गरिने आयोजकले जानकारी दिए । 

सबै रोगको अङ्रेजीमा:
1) बेहोश हुने (Faint) 2) छारे रोग (Seizure) 3) अंगभंग भएमा (Fracture) 4) घाँटीमा अड्केमा (Choking) 5) करेन्ट लागेमा (Electronic shock) 6) सर्पको टोकाई (Snake bite) 7) रक्तस्राव (Bleeding) 8 ) आगोले पोलेमा (Burn) 9) विष सेवन गरेमा (Poisson) 10) हृदयघात (Heart attack) 11) किराको टोकाइ (Insect bite) 12) दम (Asthma) 13) लु/गर्मी लागेमा 14 ) आघात (Shock) 15) श्वास प्रस्वास र रक्तसञ्चार प्रणाली (CPR) । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू