अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

नेपाल र हंगेरी वीच व्यापार विस्तार गर्ने उदेश्यले नेपाल हंगेरी चेम्वर अफ कमर्शको स्थापना

बिआरटीनेपाल २०७५ वैशाख १४ गते १९:४९ मा प्रकाशित

नेपाल र हंगेरी वीच व्यापार विस्तार गर्ने उदेश्यले नेपाल हंगेरी चेम्वर अफ कमर्शको स्थापना भएको छ। शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले नेपाल हंगेरी चेम्वर अफ कमर्शको शुभारम्भ गर्नुभयो । नेपाल र हंगेरीबिचको व्यापार नेपाली चलचित्र उधोगको प्रवर्धन  र नेपालको मौलिक उत्पादनलाई हंगेरीसम्म पुराउनका लागी नेपाल हङ्गेरी चेम्वर अफ कमर्श स्थापना गरिएको कार्यक्रममा व्यक्त गरियो ।

नेपाल र हंगेरिबिचको दौत्य सम्बन्ध सन १९६१ देखि भएपनि दुई मुलुकबिचको व्यापारिक कारोबार भने न्युन छ । सन २०१७ मा नेपालबाट ३ करोड  रुपैया मूल्य वरावरको सामान हंगेरी निर्यात गरिएको थियो भने साढे सात करोड रुपैयाको सामान आयात भएको थियो । नेपालबाट हंगेरीमा सबैभन्दा बढि हस्तकलाका सामान निर्यात हुदै आएको छ ।  उद्घाटन समारोहमा नेपालका लागी हंगेरीका र चलचित्रकर्मी नेपालका लागी हंगेरीका अबैतनिक महाबाणिज्य दूत अरुण चौधरी नेपाल हंगेरी चेम्बर अफ कमर्शका अध्यक्ष राम कुमार थापा महासचिव शान्त कुमार श्रेष्ठ र चलचित्र कर्मी कृष्ण मल्लले नेपाली हस्तकलाजन्य सामाग्रीको बजार विस्तार नेपालमा पर्यटन प्रर्वद्धन र नेपाली चलचित्र उधोगको अन्तराष्ट्रिय बजारीकरणका लागी हंगेरीबाट फाईदा लिन सकिने बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू