अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

एकसय रुपैयाँमा पढ्न सकिने स्कुल भोजपुरमा पनि

बिआरटीनेपाल २०७५ वैशाख १३ गते २२:३१ मा प्रकाशित

भोजपुर, कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कुल सञ्चालनमा ल्याइने भएको छ ।

समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कुल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ सुरु हुनेगरी समता स्कुल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताउनुभयो ।

विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो । पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहीबार भोजपुर आइपुग्नुभएको हो ।

यस विद्यालयले मासिक रु १०० मा नै अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । यहाँ स्थापना हुने स्कुल देशको ७५ औँ स्थानमा परेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू