अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

राष्ट्रिय योजना आयोगका पदाधिकारीले लिए सपथ

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ८:५१ मा प्रकाशित

काठमाडौँ–राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्प कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सिंहदरबारमा एक समारोहका बिच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।  

त्यस अवसरमा नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्यहरू डा.केपी ओली, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँलले पनि पद तथा गोपनियताको शपथ लिएका थिए । नवनियुक्त उपाध्यक्ष डा.कँडेलले आयोगका सदस्यहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । 

शपथ ग्रहण समारोहमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, मुख्य सचिवसहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । यसैबिच, नवनियुक्त उपाध्यक्ष कँडेलले सरकारको निर्देशन अनुसार इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पदभार ग्रहण गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सरकारको ‘थिंक टयांक’ को रूपमा काम गर्ने योजना पनि सुनाए । उपाध्यक्ष कँडेलले सरकारको सहयोगी संस्थाको रूपमा आफूहरूले काम गर्ने बताए । मन्त्रिपरिषदको गत मङ्गलवार बसेको बैठकले राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्ति गरेको थियो । नवनियुक्त आयोगका सदस्य प्रा.उषा झा भने देश बाहिर रहेकाले पद तथा गोपनियताको सपथग्रहण समारोहमा सहभागी भएका थिएनन् ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू