अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ८:४४ मा प्रकाशित

काठमाडौँ–गृह मन्त्रालयले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरूका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएका छन् । भक्तपुरका प्रजिअ द्रोण पोखरेललाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ । 

कार्यक्षमतामा कमजोर मानिने र लामो समयदेखि गृह मन्त्रालयमा हाजिर गराइएका सह–सचिव लोकनाथ पौडेललाई पर्साको प्रमुखको रूपमा सरुवा गरिएको छ ।  आकर्षक जिल्ला मानिने झापामा जनकराज दाहाल, रुपन्देहीमा उदयबहादुर राना र काभ्रेमा कृष्णबहादुर राउतको सरुवा भएको छ ।

मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरेको छ । गृह मन्त्रालका उप–सचिव श्रवणकुमार तिमिल्सिनालाई इलामको कामु प्रजिअको रूपमा सरुवा गरिएको छ । त्यस्तै उप–सचिव कोषहरी निरौलालाई स्याङ्जा, भविश्वर पाण्डेलाई गुल्मी, शेषनारायण पौडेललाईबाग्लुङको कामु प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू