अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

द डार्कनेस बेकन’को प्रोमो सार्वजनिक

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ६:३५ मा प्रकाशित

काठमाडौँ, १२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८रेक्टरको भूकम्प गएको बुधवार तीन वर्ष पुगेको छ । भूकम्पमा दिवगंत हुने त दिवगंत भए नै बाँच्नेहरुले जीवन निर्वाहको लागि अझैसम्म पनि थुप्रै संर्घष गरिराख्नु परेको छ । 

भूकम्प पीडितलाई न त सरकारले नै उचित सम्बोधन गर्न सकेको छ न त अन्य कुनै सरोकारवालाले नै उचित सहयोग गर्न सकेका छन् । भूकम्प प्रभावित क्षेत्रमा सक्नेले त जसो तसो पुनः सामान्य जीवन बिताई रहेका छन् भने निम्न वर्गीय गरिब र निमुखा भूकम्प पीडितहरूको जीवनशैली निकै नै कारुणिक र भयावह छ । दुई छाक खानाका लागि जस्तो सुकै तल्लो स्तरको काम गर्न पनि बाध्य भएका छन् उनीहरू ।अझ कतिले त आफ्नो जीवन निर्वाहका लागि आफन्तलाई नै दलालको हातमा बेचेको अप्रिय घटना पनि समाजमा घटेका छन् । भूकम्प पीडितका यिनै कालो यर्थाथलाई समेटेर एन्जल्स फिल्म प्रा.लि.ले “द डार्कनेस बेकन”नामक छोटो चलचित्र निर्माण गरेको छ ।

मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजाता श्रेष्ठ र बैदार लामाको अभिनय रहेको सो चलचित्रलाई पवन केसीले निर्देशन गरेका हुन् अशोककुमार बस्नेतको छायाङ्कन, सन्देश परियारको सम्पादन, सञ्जय खड्गी र निश्चल भण्डारीको पाश्र्व सङ्गीत रहेको चलचित्रमा इन्दिरा जोशी र सुरच प्रसाँइको स्वर रहेको छ । राजधानीमा बुधवार एक कार्यक्रमको बिच “द डार्कनेस बेकन” को प्रोमो र गीत सार्वजनिक गरियो । राजेश रिजालले निर्माण गरेको उक्त चलचित्रमा गीत सङ्गीत पनि रिजालकै रहेको छ ।

प्रतिक्रिया