अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

सम्राट् दाहाल नृत्य प्रतियोगिता सम्पन्न

राममणी ढकाल, काठमाडौँ २०७५ वैशाख १२ गते १०:३८ मा प्रकाशित

सम्राट् दाहाल नृत्य प्रतियोगिता गत शनिवार काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । काठमाडौँ खेवाङ हातेमालो समाजद्वारा आयोजित नववर्ष २०७५को शुभकामना आदानप्रदानका साथै सम्राट् दाहाल नृत्य प्रतियोगिता सम्पन्न भएको हो । उक्त नृत्य प्रतियोगितामा १० जना प्रतियोगीले भाग लिएका थिए । जस मध्ये प्रजिता दाहाल प्रथम भएकी थिइन् भने गरिमा गौतम दोस्रो र आरुशी गौतम तेस्रो भएकी थिइन् । प्रतियोगितामा प्रथम, द्वितीय र त्रितियले क्रमशः ५०००, ३०००, २००० नगद सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र बेगेन्द्र बुढाको स्वरमा सम्राट् दाहालको अभिनय रहेको म लाई मेरै नेपालको माया छ बोलको एउटै गीतमा सबै प्रतियोगीहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गोपाल ढकाल (छन्दे)ले हाँस्यव्यङ्य प्रस्तुत गरेका थिए ।

मलाई मेरै नेपालको माया छ… बोलको एउटै गीतमा प्रतिस्पर्धा गराइएको कार्यक्रम सम्भवत पहिलो हुनसक्ने सुमन दाहालले बताए । उनका अनुसार बालबच्चाहरूमा राष्ट्रियताको भावना साथै व्यक्तित्व विकासमा सहयोगी भूमिका खेल्न सकोस भन्ने सोचका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । त्यस्तै कार्यक्रममा यस गीतका रचनाकार शान्तिप्रिय र सङ्गीतकार सन्तोष श्रेष्ठले कार्यक्रमका बारेमा आफ्नो भनाइ राखेका थिए ।

वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुषालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा निर्देशक रमेश बुढाथोकी, अभिनेत्री क्षितिजा शाक्य, अभिनेता सुमन सिंह निर्णायकका रूपमा रहेका थिए । चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाहरूमा लामो समयदेखि काम गरेका चलचित्र निर्देशक सुमन दाहालले उक्त राट्रिय गीतको भिडियो अमेरिकामै छायाङ्कन गरेका हुन् ।

प्रतिक्रिया