अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

लोडसेडिङ सदाका लागी अन्त्य हुने : प्र म ओली

बिआरटीनेपाल २०७५ वैशाख ११ गते २:५१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अप्पर तामाकोशीको निर्माण छिट्टै सकिएर मुलुकबाट सदाकालागि लोडशेडींग अन्त्य हुन्छ, फाष्ट ट्र्याकको निर्माणभएपछी तराईसंग काठङ्गाण्डौको छिटो सम्पर्क हुन्छ र काठमाण्डौमा मेलम्ची खोलाको पानी आउँछ भन्‍दा तानाशाही आउँछ भन्ने र कुतर्कका पछाडी नलाग्न आग्रह गर्नुभएको छ ।

काठमाण्डौको कोटेश्वरमा मदनभण्डारी स्मृति बाटिका र बाटिकामा निर्मित स्वर्गीय भण्डारीको शालिक अनावरण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

विरोधका कार्यक्रम गर्दा सरकारले केहीपनि गर्दैन भन्ने मानसिकता त्याग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणको काममा बाधा व्यवधान र अडचन गर्न नदिइने पनि उल्लेख गर्नुभयो।

सरकारले सुशासन, पारदर्शिता मार्फत् बेथितिलाई अन्त्य गर्ने बताउँदै प्रधानमन्त्री ओलीले बाटिकाजस्तै सम्पूर्ण मुलुकलाई नै सफा स्वच्छ र सुन्दर बनाउने आफ्नोअठोट रहेको पनि त्यसबखत दोहोर्याउनुभयो ।

बीपी कोइराला, पुष्पलाल, गणेशमान, मनमोहन लगायतका नेताहरुले गरेको काम समाजको परिवर्तनका लागि भएका कारण उहाँहरुलाई कुनै पार्टी विशेषको झण्डा ओढाउनु उचित नभएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। Pause

कार्यक्रममा महान्यायाधिवक्ता अग्नी खरेल, भूतपूर्व प्रधानमन्त्री माधव नेपाल लगायत अन्य वक्ताहरुले जननेता मदन भण्डारीले राष्ट्रियता, सामाजिक न्याय र परिवर्तनका निम्ती निर्वाह गरेको भूमिकाउल्लेखनीय रहेको चर्चा गर्नुभएको थियो।

स्थानीय बासिन्दाको पहल तथा काठमाण्डौ उपत्यका विकास प्राधिकरणको सहयोगमा ३ रोपनी जमीनमा निर्मित बाटिकामा स्वर्गीय नेता मदन भण्डारीको ७ फुट अग्लो शालिक राखिएको छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू