अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 06:58

शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा

बिआरटीनेपाल २०७५ वैशाख १० गते २३:२१ मा प्रकाशित

गुलरिया, बर्दिया,  जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ ।

नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् ।

उनकी फुपू सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टी भएको समयमा फुपूसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ ।

फुपू खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुव्र्यवहार गरेको आरोप छ । पढाउने बहानामा अँगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुव्र्यवहार गरेको आरोप छ ।

नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । उहाँका अनुसार नेपाल विरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू