अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

फाइभ के रन होमकमिङ वीकेण्ड कार्यक्रम हुने

नायिका रिचा शर्मा र अभिनेता अर्पण थापा कार्यक्रमको गूड्विल एम्बेस्डर

श्रीधर पौडेल, काठमाडौँ २०७५ वैशाख १० गते १०:०४ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागको आयोजना तथा ट्रान्स टेक मिडिया र मार्स कन्सल्ट्यान्टको सहकार्यमा वैशाख १५ गते ‘सिएमडी फाइभ के रन होमकमिङ वीकेण्ड’ कार्यक्रम हुने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी नायिका रिचा शर्मा र अभिनेता अर्पण थापाले सो कार्यक्रमको गूड्विल एम्बेस्डर घोषणा गरिएको छ । सिएमडी अलुमिनी एसोसिएसनले अघिल्लो वर्ष जस्तै यसबर्ष पनि वैशाख १५ गतेकै दिन ‘वल्काथोन’ साथै फुड फेस्टिवल, म्युजिकले इभेन्ट, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा बोल्दै नायिका रिचा शर्माले भनिन ‘यस प्रकारका कार्यक्रममा नेपाली कला जगताक व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको हाईप सिर्जना गर्ने र प्रचार प्रसारमा मद्दत पुग्नुका साथै कार्यक्रमको उदेश्यप्राप्तीमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।

पहिले यो कार्यक्रमको बारेमा जानकारी नभए पनि यसपालि आफै प्रत्यक्ष सहभागी हुन पाएकोमा खुसी छु,’ उनले भनिन । उनले कार्यक्रम सफलताको शुभकामना समेत व्यक्त गरिन । रेनल्टको मुख्य प्रायोजन रहेको कार्यक्रमलाई विभिन्न बैङ्क, वित्तीय संस्था, इन्सुरेन्स, इन्टरनेट प्रदायक संस्था, फेडएक्स कार्गो लगायतले प्रायोजन गरेका छन् ।

देशलाई दक्ष एवं सबल व्यवस्थापक उपलब्ध गराउन नेपालको व्यवस्थापन शिक्षालाई अझ बढी प्रभावकारी बनाउन सिएमडी विभागका प्राध्यापक, कर्मचारी तथा पूर्व विद्यार्थीहरूलाई एकीकृत गरी सिएमडी अलुमिनी एसोसिएसन स्थापना गरेर आफ्ना दीक्षितहरुलाई एकै ठाउँमा भेला गराउँदा आपसी समन्वय र सहकार्य बिस्तार हुने र अन्ततः मुलुकले व्यवस्थापकिय सुधार गरी आर्थिक सम्वृद्धिको सपना साकार पार्न तथा शिक्षालाई स्वास्थ्य सँग जोड्ने उद्येश्य समेत राखी ‘सिएमडी फाइभ के रन होमकमिङ वीकेण्ड’ कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । यस वर्ष पनि यही वैशाख १५ गते ‘वल्काथोन’ साथै फुड फेस्टिवल, म्युजिकले इभेन्ट, स्वास्थ्य शिविर समेतको व्यवस्था गरिएको छ । कार्यक्रममा करिब ५ हजार भन्दा बढी व्यक्तिको उपस्थिति हुने अनुमान आयोजकले गरेको छ । 

यस कार्यक्रमको उद्येश्य मुलुकमा सबै उद्यमी तथा कुशल व्यवस्थापकहरूलाई देशको आर्थिक सम्वृद्धि एवम् औद्योगिक विकासको लागि एक महत्त्वपूर्ण सन्देश जान सकोस् भन्ने रहेको छ । सार्थक जीवन र सक्षम शिक्षाको महत्त्वलाई बढावा दिँदै त्रि वि प्रति विश्वको विश्वास अझै बढाउनुका साथै सबै नागरिकहरूलाई स्वास्थ्य जीवन व्यतित गर्ने समेत यस होमकमिङ वीकेण्डले प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने आशा सिएमडीको रहेको कार्यक्रमका विभिन्न वक्ताहरूको भनाई थियो ।

प्रतिक्रिया