अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

साताको पहिलो दिन नेप्से परिसूचक ३ दशमलव ६१ प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०७५ वैशाख ९ गते ७:१९ मा प्रकाशित

काठमाडौँ।साताको पहिलो दिन नेप्से परिसूचक ३ दशमलव ६१ प्रतिशतले बढेको छ । यस दिन कारोबार सुरु भएदेखि नै बजार बढेको थियो । यस दिन १ हजार ३ सय ८८ विन्दुबाट सुरु भएको कारोबार निरन्तर ५० दशलमव १८ अङ्कले बढेर अन्त्यमा १ हजार ४ सय ३८ दशमलव ४९ बिन्दुमा पुगेको छ ।

विभिन्न बैङ्क तथा वित्तीय संस्थाहको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएदेखि शेयर बजार बढ्न थालेको छ ।

कारोबार भएका ९ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । लघुवित्त समूहको परिसूचक ५ दशमलव ८९ प्रतिशत, बिमाको ५ दशमलव शून्य ३, जलविद्युतको ५ दशमलव २६ प्रतिशतले बढेपछि नेप्से परिसूचक बढेको हो ।

यस दिन कारोबार भएका १ सय ६७ कम्पनीको १२ हजार ५ सय ४८ पटकको व्यापारमा २८ लाख ८९ हजार ९ सय ४३ कित्ता शेयरको रु. १ अर्ब २३ करोड बराबरको शेयर कारोबार भएको छ । कुमारी बैङ्क लिमिटेडको प्रतिकित्ता रु. २ सय ८७ मा रु. ५ करोड ३९ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैङ्कले जारी गर्न लागेको १० बराबर २ को अनुपातमा हकप्रद शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन भएकाले शेयर कारोबार बढेको हो । 

यस दिन १० प्रतिशतले शेयर मूल्य बढ्ने कम्पनीमा अरुण काबेली, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर, नेशनल माइक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेका छन् । १४ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने रिडी हाइड्रोपावर डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ३ दशमलव ३५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू