अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 09:36

सिण्डिकेट अन्त्य गर्ने निर्णयमा पुनर्विचार हुँदैनः गृहमन्त्री

बिआरटीनेपाल २०७५ वैशाख ७ गते २०:३२ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पारेका छन् । शुक्रवार गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासङ्घका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उनले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । ‘हामी केही यातायात व्यवसायीको मात्रै हित हुने सिण्डिकेटको पक्षमा छैनौँ, सबै यातायात व्यवसायीको हित हुने गरी निर्णय गरेका छौँ’, उनले भने ।

गत वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले हाल जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रूपमा दर्ता गरिँदै आएकामा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समितिले कम्पनीका रूपमा दर्ता हुनुपर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू