अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

चित्रकला कार्यशालाको उद्घाटन

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ९:४७ मा प्रकाशित

विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्र देखि विश्व सम्पदा स्वयम्भू सम्मको सम्पदा पदमार्ग यात्रा कार्यक्रमको क्रममा आज वैशाख ७ गते शुक्रवारका दिन चित्रकला कार्यशाला समापन भएको छ । वयोवृद्ध वरिष्ठ कलाकार चिनीकाजी ताम्राकारको सभापतित्वमा हनुमानढोका स्थित महादेव पार्वती दबलिमा सांसद जीवनराम श्रेष्ठ र सांसद रामवीर मानन्धरले क्यानभासय चित्र कोरेर चित्रकला कार्यशालाको उद्घाटन गरेका थिए । विश्व सम्पदा उत्सव मूल समारोह समितिका सचिव दिल्लीरत्न तुलाधरले स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा सांसदद्वव श्रेष्ठ र मानन्धरले विश्व सम्पदा पदयात्राको नेपालको लागि एतिहासिक रहने र यस्ता विभिन्न स्थानहरूको पहिचान गर्नुपर्ने बताए ।

अतिथिका रूपमा वरिष्ठ कलाकार केके कर्माचायले सम्पदा मार्गमा विभिन्न कलाकृतिहरू रहने र कलाकारले जीवन्त चित्र प्रस्तुत गर्ने बताए । चित्रकला कार्यशाला प्राज्ञ सुष्मा राजभण्डारीको संयोजनमा सम्पन्न भएको थियो । १६ वर्ष देखि ८८ वर्षका कुल १५० चित्रकारहरु यस कार्यशालामा आबद्ध थिए । आज कोरिएका चित्रहरूको प्रदर्शनी वैशाख ८ गते भुइखेलमा हुन गइरहेको छ ।  

वैशाख ८ गते मूल समारोह हुन गइरहेको छ । दिउँसो १ः३० बजे हनुमानढोका दरबार क्षेत्रमा संस्कृति पर्यटन तथा नागरिक उद्दयन मन्त्री रविन्द्र अधिकारी बाट सम्पदा पदयात्राको उद्घाटन हुने र पदयात्रा स्वयम्भूको भुइखेलमा सभामा परिणत हुने सल्लाहकार समितिका अध्यक्ष माननीय सांसद जीवनराम श्रेष्ठले बताउनु भयो । मूल समारोह कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युनेस्को विश्व सम्पदा हनुमानढोका देखि अर्को विश्व सम्पदा स्वयम्भूसम्मको २.२ किमी दुरीको पदमार्ग स्थापनाको लागि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोेजनमा मूल समारोह समिति गठन भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू