अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

प्रम ओलीद्वारा सगरमाथा आरोहीलाई झन्डा हस्तान्तरण

बिआरटीनेपाल २०७५ वैशाख ६ गते १९:२४ मा प्रकाशित

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुअघि महिला पत्रकार समूहलाई सफलताको शुभकामनासहित राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुभएको छ ।

रोजिता बुद्धाचार्यको नेतृत्वमा युवा महिला पत्रकारको समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजै लुक्ला प्रस्थान गरेको समूहमा आबद्ध राष्ट्रिय समाचार समिति (रासस)का रोशा बस्नेतले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिमाल त हलचल हुँदैन, त्यहीँ रहन्छ तर जीवन फेरिफेरि पाइन्न, त्यसैले आफ्नो स्वास्थ्य र इम्युनिटी पावरको ख्याल राख्नु, मौसम प्रतिकूल भए जबर्जस्ती आरोहण नगर्नु र फर्कनु, फेरि पछि चढ्नु, सफलताको शुभकामना छ छोरीहरूलाई ।”

सो अवसरमा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडालगायत उपस्थित हुनुहुन्थ्यो ।

समूहमा रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन), रोशा बस्नेत (रासस), देउराली चाम्लिङ (फ्रिलान्सर), कल्पना महर्जन (मेघा टेलिभिजन) र प्रियालक्ष्मी कार्की (न्यूज २४) छन् ।

झमक घिमिरे साहित्यकला प्रतिष्ठान, काठमाडाँैका पदाधिकारीको समन्वयमा आरोहण टिमको मुख्य गाइड फुर्वा शेर्पा तथा को गाइड पेम्बा शेर्पासहितको समूहले पनि प्रधानमन्त्रीसँग भेटघाट गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू