अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

पछिल्ला बजेटकै कारण नेपालको वित्तीय क्षेत्रमा समस्या : विश्व बैंक

बिआरटीनेपाल २०७५ वैशाख ५ गते ९:४८ मा प्रकाशित

काठमाडौँ। विश्व बैङ्कले पछिल्ला बजेटकै कारण नेपालको वित्तीय क्षेत्रमा समस्या आएको जनाएको छ । बैङ्कले बुधवार राजधानीमा नेपाल विकास प्रतिवेदन सार्वजनिक गर्दै पछिल्ला तीन आर्थिक वर्षको बजेटका कारण नै वित्तीय क्षेत्रमा तरलता अभाव देखिएको जनाएको हो । पछिल्ला वर्षका बजेट अवास्तविक तरिकाले निर्माण गरिएका कारण तरलता अभावसँगै ब्याजदर वृद्धिको समस्या आएको बैङ्कले जनाएको हो ।

विश्व बैङ्कका वरिष्ठ अर्थशास्त्री दामिर कोशिकले बजेट वास्तविक आधारमा नबनाइएको, सरकारी खर्च परिचालन हुन नसक्नुजस्ता कारणले लगानीयोग्य रकमको अभाव भई ब्याजदर बढ्न गएको उल्लेख गरे । अनावश्यक सरकारी खर्च बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सुरक्षालगायत खर्च व्यवस्थित गर्न आवश्यक रहेकामा पनि बैङ्कले जोड दिएको छ ।बैङ्कले नेपालको यस वर्ष आर्थिक वृद्धि ४.६ प्रतिशत र आगामी दुई वर्ष ४.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण यसअघि नै सार्वजनिक गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू