अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

हेटौडामा भोरको च्यारेटी सो

मनिराज गौतम, हेटौडा २०७४ चैत २९ गते २३:०५ मा प्रकाशित

तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरले आज आयोजना गरेको च्यारीटी सो हेरे पछि दर्शकहरूले चलचित्रको खुलेर प्रशंसा गरेका छन्, ।

दर्शकहरू सँग बसेर सिनेमा हेर्दै निर्देशक यादव भट्राईले चलचित्रमा वास्तविक कथालाई पर्दामा उतार्दा दर्शकहरूले तारिफ गरेको बताए । यसअघि भट्राईले सती प्रथामा आधारित झोला निर्देशन गर्नुभएको थियो । ओमम्याक्स हलमा सम्पन्न च्यारिटि सोमा निमित्त प्रमुख जिल्ला अधिकारी विनोद प्रसाद खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिकासराज खनाल , माइती नेपालकी संयोजक माया लामा, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, शक्ति समूहका क्षेत्रीय संयोजक अस्मिता तामाङ तथा महिला हिंसा तथा मानव अधिकारसम्बन्धी काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि प्रतिक्रिया दिनुहुदै प्रहरी उपरीक्षक खनाल तथा माइती नेपालकी संयोजक लामाले यस्ता खालको चलचित्रले समाजमा भएका दाईजो प्रथा जस्ता समस्या न्युनिकरणमा मद्वत पुग्ने प्रतिक्रिया दिुनभएको छ । 

चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष मणीराज गौत्तमले चलचित्र भोर तराईमा भएको वास्तविक घटनामा आधारित चलचित्र भएकोले च्यारिटि सो गरेको जानकारी दिनुभयो । चलचित्रमा रामनारायण ठाकुर, राजेश सक्सेना, डोली सरकार र बि.एन पटेल लगायतको अभिनय रहेको छ । चलचित्रलाई देवेन्द्र सुवेदीले निर्माण गर्नुभएको हो । निमार्ता सुवेदीले हेटौडाका दर्शकहरूले भोर लाई बोर नमानी पूर्ण रूपमा हेरेर प्रतिक्रिया दिएकोमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया