अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

गल्ती गर्नेलाई छुट हुँदैन – नेता खनाल

बिआरटीनेपाल २०७४ चैत २९ गते ९:०१ मा प्रकाशित

काठमाडौँ, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले गल्ती गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ । मध्यपुरथिमिको नगदेशस्थित गणेश माध्यमिक विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आयोजना गरेको ३९ आँै शिक्षक दिवस एवं सम्मान समारोहमा उहाँले भन्नुभयो, “सरकार सधैँ देशको नोकरको रूपमा काम गर्छ । देश विकासमा सरकार दृढ सङ्कल्प लिएर अगाडि बढेको छ । त्यसैले अब गल्ती गर्ने कर्मचारीदेखि मन्त्रीसम्म कसैले छुट पाउँदैनन् ।”

सरकारले आगामी पाँच वर्षमा हजारौँ मेगावाट बिजुली उत्पादन गर्दै उज्यालो नेपाल बनाउने अठोट लिएको बताउँदै उहाँले अब देशबाट गरिबी, बेरोजगारी, रोग र निरक्षरता उन्मूलन हुने आशा व्यक्त गर्नुभयो ।

वैशाख ९ गते हुने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच पार्टी एकता घोषणा भएपछि नेपाली कम्युनिस्ट पार्टीभित्रको टूटफूट र गुटबन्दीको अन्त्य हुने विश्वास पनि उहाँले प्रकट गर्नुभयो । उहाँले भन्नुभयो – “दुई पार्टीबिचको एकतालाई कुनै पनि ताकतले रोक्न सक्दैन । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई बोकेर एकीकृत पार्टी अगाडि बढ्ने छ ।”

उहाँले प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा सेवा निवृत्त ुभएका तथा उत्कृष्ट कार्यसम्पादन गरेका शिक्षक शिक्षिकालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य बस्नेतले मिसन भक्तपुरको नारा लिएर आफू अगाडि बढेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काम नगर्ने र हाजिर गरेर हिँड्ने शिक्षकलाई नगरपालिकाले कारबाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू