अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

राजश्व छलेर ल्याएको ११२ थान मोबाइल बरामद

बिआरटीनेपाल २०७४ चैत २८ गते ९:४० मा प्रकाशित

काठमाडौँ, महानगरीय प्रहरी परिसर, काठमाडौँले दिल्लीबाट राजश्व छली गरेर ल्याएका ११२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले मोबाइलसहित रामेछापका कृष्ण थापा मगर, सिन्धुलीका भुवनबहादुर भुजेल, दोलखाका हरिबहादुर श्रेष्ठ र सङ्खुवासभाका तिलक श्रेष्ठलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले भारतबाट काठमाडौँ आउँदै गरेको बा५ख १२३५ नं को बस जाँचका क्रममा ती मोबाइल फेला परेको जानकारी दिनुभयो । उहाँले अनुसन्धानका क्रममा सङ्खुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने सुमिता श्रेष्ठको डेरामा लुकाई राखिएका १८ थान मोबाइल बरामद गरिएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू