अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव

बिआरटीनेपाल २०७४ चैत २४ गते २१:४१ मा प्रकाशित

काठमाडौँ,  शुक्रवारदेखि राजधानीमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सवमा उपभोक्ताको आकर्षण देखिएको छ । नेपालसहित जर्मनी, रुस, अमेरिका, चीन, क्यानडा, श्रीलंकालगायत १३ देशका प्रतिनिधिहरूको सहभागिता रहेको चिया महोत्सवमा चिया उत्पादनमा प्रयोग हुने प्रविधिबारे छलफलसमेत भइरहेको छ ।

यस्ता मेलाले स्वदेशमा उत्पादित चिया तथा कफी अन्तर्राष्ट्रिय बजारमा थप विस्तार हुनसमेत सहयोग पुर्‍याउने आयोजकको विश्वास छ । महोत्सवमा स्वदेशी चिया तथा कफीले उचित बजार मूल्य नपाएकाले ‘ब्रान्डिङ’मा ध्यान दिनुपर्नेमा पनि सरोकारवालाहरुले जोड दिएका छन् । महोत्सव आइतबार सकिनेछ । 

प्रतिक्रिया